केही सहसचिवसहित दर्जन उपसचिवको सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

केही सहसचिवसहित दर्जन उपसचिवको सरुवा


२९ फाल्गुन २०७७, शनिबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही सहसचिवसहित एक दर्जन उपसचिवहरूको सरुवा गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार लुम्बिनी प्रदेशका सहसचिव लोकनाथ पौडेलको सोही प्रदेशको प्रदेश प्रमुखको कार्यालय र लोक सेवा आयोग बुटवलका प्रमुख कृष्ण प्रसाद लम्सालको भरतपुर महानगरपालिकाको प्रमुख प्रसाकिय अधिकृतमा सरुवा भएको बुझिएको छ । यसैबिच अन्य केही सहसचिवको पनि सरुवा गर्ने तयारी रहेपछि टिप्पणी नै उठी सकेको भने छैन ।

यसैगरी एक दर्जन उपसचिवहरूको पनि सरुवा निर्णय भएको छ । सरुवा हुनेमा अधिकांशलाई स्थानीय तहमा पठाइएको छ भने गृह मन्त्रालयबाटसमेत एक उपसचिवलाई उद्योगमा सरुवा गरेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस