२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोनसिकको आठौँ शैक्षिक सेमिनार मार्च १३ र १४ मा

अ+ अ-

कोरिया । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले यही मार्च १३ र १४ तारिखका दिन आफ्नो आठौँ शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ ।

विदेशमा सिकेको ज्ञान, सीप तथा अनुभव आदानप्रदान गर्दै कोरियामा अध्ययनरत नेपाली विद्यार्थिहरुले हरेक वर्ष आयोजना गरिँदै आएको सेमिनार यस पटक अनलाइनबाट गरिने भएको छ । गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो ।

दुई दिनसम्म चल्ने सेमिनारमा नेपाल कोरियालगायत विश्वका विभिन्न देशमा रहेका नेपालीहरूको अनुभव र ज्ञानलाई नेपालको समृद्धिमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सोनसिका सभापति राजाराम श्रेष्ठले बताएका छन् ।

सभापति श्रेष्ठका अनुसार शैक्षिक सेमिनारमा नेपालको विकास र समृद्धिसँग कसरी जोडिने र नीतिगत कार्यान्वयनमा विदेशमा रहेका विद्यार्थीको समन्वयकारी भूमिका कस्तो हुने भन्ने बहसको निरन्तर अभ्यास हुने छ । कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा विश्वभरि छरिएर रहेका विज्ञ, अनुभवी तथा दक्ष अतिथिहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप प्रभावकारी हुने विश्वास श्रेष्ठको छ ।

दक्षिण कोरियाका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख रामसिंह थापाको प्रमुख अतित्थ्यतामा सञ्चालन हुने कार्यक्रममा गैरआवसीय नेपाली सङ्घ दक्षिण कोरियाका अध्यक्ष, सोनसिका पूर्व सभापतिहरू, सल्लाहकारलगायत विशिष्ट व्यक्तिहरूको अतिथ्यता रहने जनाइएको छ ।

पहिलो दिनको पहिलो सेसनमा मुख्य वक्ताका रूपमा काठमाडौँ विश्वविद्यालयका उप-कुलपति प्रा. डा. भोला थापा र राष्ट्रिय आविष्कार केन्द्रका संयोजक डा. माहाविर पुनको प्रस्तुति रहने छ भने दोस्रो दिनको सेसनको प्रमुख वक्ता डा. दिग्विजय महतले आफ्नो प्रस्तुति राख्ने कार्यक्रम तय भएको सेमिनारका संयोजक डा. टङ्किङ बास्तोलाले बताएका छन् ।

तीन बटा सेसनमा विभाजन गरिएको पहिलो दिनको कार्यक्रमको सहजीकरण डा. कृष्ण सोमाइ, यज्जु प्रधान र चारु विष्टले गर्नेछन् ।

डा. दिग्विजय बस्नेत प्रमुख वक्ता रहेका दोस्रो दिनको कार्यक्रम शैक्षिक क्षेत्रका विभिन्न विषयहरू समेटेर छ वटा सेसनमा विभाजन गरिएको छ ।

सम्बन्धित विषयका विज्ञहरूको संयोजनमा सम्पन्न हुने सेसनहरूमा लामो समय शिक्षण, अनुसन्धान लगायतको शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील विभिन्न व्यक्तित्वहरूको प्रस्तुति रहने चारु विष्टले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस