२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुण्डीमा संलग्न अम्बे ट्रेडर्सका एक कर्मचारी साढे तीन करोड बढी रकमको चेकसहित पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले हुण्डीमा संलग्न अम्बे ट्रेडर्सका एक कर्मचारीलाई तीन करोड ५६ लाख ३१ हजार एक सय चार रुपैयाँ बराबरको चेकसहित पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका – ६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट बाराको कलैया उपमहानगरपालिका–२३ बस्ने ३८ वर्षीय जयराम राउत कुर्मी उक्त रकम बराबरको चेकसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार कुर्मी सोही ट्रेडर्समा काम गर्ने कर्मचारी हुन् । बुधबार नै उनलाई स्रोत खुल्न नसकेको नेपाली सात लाख पचहत्तर हजार चार सय सत्तरी र भारतीय रूपैँया सात हजार चार सय तथा बब्लू राज र रामप्रसाद पटेलको नाममा जारी भएका क्रमशः दुई लाख र पाँच लाख साठी हजार बराबरका चेकहरूसहित नियन्त्रणमा लिइ बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।

अभियुक्त कुर्मीको बयानअनुसार ट्रेडर्समा खानतलासी गर्दा विभिन्न बैङ्कका विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी भएका जम्मा तीन करोड छप्पन्न लाख एकतीस हजार एक सय चार बराबरका चेकहरू ९० थान, विभिन्न बैङ्कका खाली चेक बुक २१ थान र हस्ताक्षर भएका विभिन्न बैङ्कका खाली चेक ४१ थान थप फेला परेकाले अभियुक्त निज कुर्मीको बयानअनुसार ट्रेडर्समा खानतलासी गर्दा निम्न अनुसारका विभिन्न बैङ्कका विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी भएका जम्मा तीन करोड छप्पन्न लाख एकतीस हजार एक सय चार बराबरका चेकहरू ९० थान, विभिन्न बैङ्कका खाली चेक बुक २१ थान र हस्ताक्षर भएका विभिन्न बैङ्क का खाली चेक ४१ थान थप फेला परेकाले उक्त चेक तथा चेकबुकहरू बरामद गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस