यस्ता छन् लोक सेवा आयोगका ६ अध्यक्षहरूद्वारा घोषित ५ प्रतिबद्धता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्ता छन् लोक सेवा आयोगका ६ अध्यक्षहरूद्वारा घोषित ५ प्रतिबद्धता


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । लोक सेवा आयोगहरूको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

काभ्रेपलान्चोकको धुलिखेलमा सोमबार सम्पन्न सम्मेलनले लोक सेवा आयोग र पाँच वटा प्रदेश लोक सेवा आयोगका अध्यक्षहरूले ५ बुँदे प्रतिवद्धताहरु सामूहिक रूपमा घोषणा गरेका छन् ।

लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले घोषणापत्र जारी गर्दै आयोग योग्यता प्रणालीका मान्य सिद्धान्तप्रति विश्वस्त र दृढ रहँदै लोकसेवा आयोगको गौरवपूर्ण अतीतप्रतिको गर्व, निष्पक्षता, स्वतन्त्रता र वस्तुनिष्ठता, आयोगप्रतिको जनविश्वासका लागि उच्च सम्मान र योग्यता प्रणालीको प्रवर्द्धन तथा संरक्षकको जिम्मेवारी बोध गरेको बताए ।

आयोगका अध्यक्ष मैनालीसहित प्रदेश लोक सेवा आयोग प्रदेश नं. १ का अध्यक्ष उत्तम कुमार भट्टराई, प्रदेश लोक सेवा आयोग प्रदेश नं. २ का अध्यक्ष सुरेन्द्र प्रसाद यादव, प्रदेश लोक सेवा आयोग बागमती प्रदेशका अध्यक्ष सुरेश मान श्रेष्ठ, प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशका अध्यक्ष डिलाराम भट्टराई र प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशका अध्यक्ष राम प्रसाद उपाध्यायले योग्यता प्रणालीका मान्य सिद्धान्तप्रति विश्वस्त र दृढ हुँदै, लोक सेवा आयोगको गौरवपूर्ण अतीतप्रति गर्व गर्दै, निष्पक्षता, स्वच्छता र वस्तुनिष्ठता जस्ता भर्ना छनौटका मूल्यप्रति समर्पित हुँदै, आयोगप्रतिको जनविश्वासका लागि उच्च सम्मान गर्दै,योग्यता प्रणालीको प्रवर्द्धक र संरक्षकको जिम्मेवारी बोध गर्दै विभिन्न पाँच बुँदे प्रतिवद्धताहरु सामूहिक रूपमा घोषणा गरेका हुन् ।

यस्ता छन् घोषणा

Tags :
प्रतिक्रिया दिनुहोस