५० हजार घुससहित सव-इन्जिनियर पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

५० हजार घुससहित सव-इन्जिनियर पक्राउ


२१ फाल्गुन २०७७, शुक्रबार


अख्तियार

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्र प्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग लामिछानेले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

लामिछानेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस