खरिदार तथा सुब्बा स्तरीय एक महिने निःशुल्क कक्षा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खरिदार तथा सुब्बा स्तरीय एक महिने निःशुल्क कक्षा


प्रशासन संवाददाता

२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले एक महिने खरिदार तथा नायव सुब्बा स्तरीय अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ ।

कर्मचारीको हक, हितको लागि वकालत गर्ने निर्वाचित छाता सङ्गठन कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आजदेखि उक्त कार्यक्रमको सुरुवात गरिएको जानकारी दिएको छ ।

राजधानी तथा मोफसलहरूमा निजी क्षेत्रले सञ्चालन गर्ने तयारी कक्षा महँगो हुने तथा आर्थिक अभावका साथै अन्य प्राविधिक कठिनाइले उक्त प्रकारका कक्षा लिन नपाउनेहरूको लागि यो कोशे ढुङ्गा साबित हुने छ । युनियनले यस्ता खाले रचनात्मक क्रियाकलापले सर्वसाधारणलाई धेरै फाइदा पुग्ने विश्वास लिएको छ ।

कार्यक्रममा करिब ६५ जना सहभागीको उपस्थिति थियो। बिहान ७ बजेदेखि सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा जिल्लामा मौजुदा अधिकृत स्तरका कर्मचारीहरूले निःशुल्क कक्षा लिने वचनबद्धता प्रकट गरेका थिए ।

कृष्ण बर्माको संयोजकत्वमा सञ्चालित कार्यक्रममा झविन्द्र खनालको अध्यक्षता रहेको थियो भने प्रमुख जिल्ला अधिकारीको प्रमुख अतिथि थिए । सचिव विवेक पन्तले कार्यक्रमको सञ्चालन गरेका थिए । सहसचिव तारा पोखरेलले स्वागत मन्तव्य राखेका थिए । सदस्य विकल्प भट्टराईले कार्यक्रमको बारेमा जानकारी दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस