२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक लाखको अक्षयकोष स्थापना

अ+ अ-

देउखुरी दाङ । आफ्नी स्वर्गीय आमाको सम्झनामा राप्ती गाउँपालिकामा एक जोडिले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् ।

राप्ती गाउँपालिका वडा नं ३ मसुरीया बस्ने छोरा सुरेन्द्र प्रसाद भुसाल तथा बुहारी लक्ष्मी बन्जाडे भुसालले आमा तथा सासुआमा उमकला भुसालको स्मृतिमा दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयामा अक्षयकोष स्थापना गरिदिएका हुन् ।

आमा निरक्षर भएपनि आमाको शिक्षा प्रतिको मोह तथा शिक्षा क्षेत्रमा र सामाजिक कामका लागि आफुलाई प्रेरित गर्ने गरेको सम्झनामा भुसालद्वयले विद्यालयमा एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् ।

‘२००७ सालमा जन्म भई २०७६ साल भाद्र १९ गते स्वर्गारोहण भएकी आमाको हिन्दु परम्परा अनुसार मृत्यु पछि गरिने विभिन्न संस्कार मध्यको भुमि दान, द्रब्य दानलाई हामीले शिक्षा क्षेत्रमा लगाउने र आमाको युगौँ युगसम्म सम्झना रहिरहने उदेश्यले दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयामा एक लाख बढीको अक्षयकोष स्थापना र ५० हजार बराबरको भुमि खरिदका लागि दान गरेका हौँ’ भुसाल भने ।

दाता भुसालले अक्षयकोषको स्थापनाबाट शैक्षिक क्षेत्रमा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन गर्न सकिने जसले गर्दा विद्यार्र्थीमा मेहनत गरीपढ्ने बानीको विकास गर्न सकिने बताए ।

विद्यालयको २४ औ वार्षिक उत्सवको अवसरमा भुसालले विद्यालयका प्रधानाध्यापक सूर्य प्रकाश भण्डारीलाई अक्षयकोषको रकमको चेक हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीले दुई सय ६८ जना विद्यार्थी रहेको विद्यालयमा आठ कक्षासम्म नौ जना शिक्षक कर्मचारीद्वारा पठनपाठन भैरहेको र विद्यालयलाई नमुना विद्यालय बनाउने प्रयासमा दाताहरुको आर्थिक तथा भौतिक सहयोग उपलब्धी मुलक रहेको बताए ।

भुसालले स्थापना गरेको अक्षयकोष संचालन निर्देशिका अनुसार अक्षयकोष नेपाल बैंकमा मुद्धति खातामा राखी वार्षिक आउने ब्याजको ७५ प्रतिशत रकमबाट उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २५ प्रतिशत रकमबाट अक्षयकोषमा जम्मा गर्दै लैजाने प्रधानाध्यापक सूर्य प्रकाश भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस