२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्सका पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

अ+ अ-

काठमाडौँ । फ्रान्सका पूर्वराष्ट्रपति निकोला सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ। सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोपमा उनलाई जेल सजायको फैसला सुनाइएको हो ।

तीनमध्ये दुई वर्ष निलम्बित सजाय रहने बताइएको छ।

६६ वर्षीय पूर्वराष्ट्रपति सार्कोजीमाथि एक जना म्याजिस्ट्रेटलाई आफ्नो फौजदारी अपराधको मुद्दाको बारेमा सूचना दिए सम्मानित जागिर दिने लोभ देखाएको आरोप लागेको थियो । उनीसँगै उनका पूर्ववकिल र म्याजिस्ट्रेटलाई पनि उस्तै प्रकृतिको सजाय दिइएको छ। तीनै जनाले पुनरावेदन गर्ने मानिएको छ।

उनी जेल सजाय भोग्ने गरी सजाय पाउने पहिलो फ्रान्सेली पूर्वराष्ट्रपति भएका छन्। उनी सन् २००७ मा पाँच वर्षको लागि राष्ट्रपति बनेका थिए ।

सार्कोजीमाथि सन् २०१२ मा उनी पराजित भएको निर्वाचनमा तोकिएभन्दा धेरै खर्च गरेको आरोपको मुद्दा पनि छ जसको मार्च १७ देखि एप्रिल १५ सम्म सुनुवाइ हुँदैछ। म्याजिस्ट्रेट गिल्बर्ट अजिबर्ट र सार्कोजीका वकिल थिअरी हेर्जगको फोन वार्तालाप प्रहरीले सन् २०१४ मा रेकर्ड गरेको थियो। सरकारी वकिलले सार्कोजीलाई चार वर्षको सजाय माग गरेका थिए।

फैसलामा प्यारिसका एक न्यायाधीशले सार्कोजीले डिजिटल ट्याग लगाएर एक वर्षको सजाय घरमै बिताउन सक्ने बताएका छन्। न्यायाधीशले सार्कोजीलाई आफूले गरिरहेको कार्य गलत भएको थाहा भएको र उनको त्यो कार्यले न्यायप्रतिको आमधारणा नराम्रो बनाउने बताएका थिए।

यो मुद्दालाई आधुनिक फ्रान्समा महत्त्वपूर्ण मानिएको छ।

यसअघि उनीभन्दा पहिलेका राष्ट्रपति ज्याक सिराकलाई प्यारिसको नगरप्रमुख हुँदा आफ्नो कार्यकर्तालाई जागिर दिएको आरोपमा सन् २०११ मा दुई वर्षको निलम्बित सजाय दिइएको थियो। सिराकको सन् २०१९ मा मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस