२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक रुपमै प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन : मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले नै संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने उल्लेख गरेको बताए ।

‘सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलामा प्रधानमन्त्रीसामु सरकार चलाउने र राज्य सञ्चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नरहेको उल्लेख गरिएको छ”, मन्त्री गुरुङले भने, “सरकार चलाउनेबाहेक प्रधानमन्त्री ओलीसँग अन्य कुनै संवैधानिक विकल्प छैन ।’

सर्वोच्च अदालतको फैसलाको पृष्ठ नौमा भनिएको छ, ‘सार्वभौमसत्ता जनता समक्ष आफू जनताको प्रतिनिधित्व गर्दै सरकार बनाउने प्रतिबद्धताका साथ चुनावमा भाग लिई जनप्रतिनिधिको रुपमा चुनिएर जाँदा त्यस्ता जनप्रतिनिधिको दलले संसद्मा बहुमत प्राप्त गरेको अवस्थामा त्यस्तो बहुमत प्राप्त संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहदैन ।’

मन्त्री गुरुङले प्रधानमन्त्री ओलीको राजीनामा माग्नेलाई सर्वोच्च अदालतको उक्त फैसला राम्रोसँग अध्ययन गर्न पनि आग्रह गदै भने, ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेर सरकार अघि बढछ, सो फैसला विपरीत गएर प्रधानमन्त्रीको राजीनामा माग्ने अधिकार कसैलाई पनि छैन ।’

उनले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेहरु आफैले राजनीतिबाट सन्यास लिनुपर्ने चेतावनी दिए । ‘बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले नियुक्त भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् संसद्प्रति उत्तरदायी भई राज्य सञ्चालन गर्नु संवैधानिक नैतिकताको विषय पनि हो’, फैसलाको सो बुँदाअनुसार पनि प्रधानमन्त्री ओलीले राजीनामा दिन नमिल्ने मन्त्री गुरुङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस