पशुपतिमा दाह संस्कार गर्दा दाउरा किन्नुपर्ने अवस्था अन्त्य गर्छु : मन्त्री आले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पशुपतिमा दाह संस्कार गर्दा दाउरा किन्नुपर्ने अवस्था अन्त्य गर्छु : मन्त्री आले


१७ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुई दिने राष्ट्रिय गोष्ठिको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने बताएका हुन्।

यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडि बढाएको र यसैपल्ट लागु गरिने उनको भनाई छ। उनले भने, ‘कम्तिमा पनि पशुपति आर्यघाटमा १२र१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले यो गृहकार्य अगाडि बढाएको छ। यसैपल्ट यो लागू गर्दैछौँ।’

मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताए। कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडि बढाउनको निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस