प्रदेश लोक सेवाको लिखित परीक्षामा ७० प्रतिशत परीक्षार्थी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश लोक सेवाको लिखित परीक्षामा ७० प्रतिशत परीक्षार्थी


८ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले सञ्चालन गरेको लिखित परीक्षामा ७०.२८ प्रतिशत परीक्षार्थीहरूको सहभागिता रहेको छ ।

बागमती प्रदेशका विभिन्न स्थानीय तहहरूमा रिक्त प्रशासन सेवा सामान्य प्रशासन, लेखा र आन्तरिक लेखा परीक्षण सहायक स्तर पाँचौँ तहको १२९ पदका लागि शनिवार भएको लिखित परीक्षामा ७०.२८ प्रतिशत परीक्षार्थीहरूको सहभागिता रहेको प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले जनाएको छ ।

अनलाइन फाराम भर्ने र प्रवेश पत्र डाउनलोड गर्ने सुविधासहितको अनलाइन दरखास्त प्रणालीमार्फत पहिलो पटक प्रदेश स्तरमा ऐतिहासिक रूपमा लिखित परीक्षा सफलतापूर्वक सम्पन्न गरेको आयोगका निमित्त सचिव भोला दाहालले बताए ।

दाहालका अनुसार हेटौँडामा २८ र भरतपुर १४ गरी ४२ परीक्षा केन्द्रहरूमा गरी पाँच हजार आठ सय ८३ परीक्षार्थीहरूको सहभागिता रहेको थियो ।

जसमध्ये हेटौडामा एक हजार ६ सय ३४ महिला र दुई हजार तीन सय ८४ पुरुष गरी चार हजार १८ र भरतपुरमा ६ सय ८० महिला र एक हजार एक सय ८५ पुरुष गरी एक हजार आठ सय ६५ उपस्थित भएका छन् ।

जम्मा आठ हजार तीन सय ७० परीक्षार्थी मध्ये दुई हजार चार सय ८७ जना अर्थात् २९.७२ जना परीक्षार्थी अनुपस्थित रहेको पनि आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस