तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुस् : नेता नेम्वाङ « प्रशासन
prasaLogo
६ फाल्गुन २०७७, बिहीबार

तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुस् : नेता नेम्वाङ


प्रकाशित मिति : 18 February, 2021 2:41 pm

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् ।

सदरमुकाममा आज यहाँ आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो’ नेता नेम्वाङले भने,‘सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उनको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस