उपभोक्ता संरक्षण विभागका नासुसहित २ जना अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपभोक्ता संरक्षण विभागका नासुसहित २ जना अख्तियारको नियन्त्रणमा


३ फाल्गुन २०७७, सोमबार


काठमाडौँ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौँका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीलाई शेयर पुँजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत घुस लिएको अवस्थामा नासु चन्दलाई पक्राउ गरिएको अख्तियारले जनाको छ।

सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले दाहालले सेवाग्राहीसँग ८ हजार रुपैयाँ लिएर नासु चन्दलाई दिई सकेको अवस्थामा उक्त रकम सहित हिजो (आइतबार)नियन्त्रणमा लिएको थियो ।

विभाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस