५० क्युफिट चिरान काठसहित तीन पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५० क्युफिट चिरान काठसहित तीन पक्राउ


३ फाल्गुन २०७७, सोमबार


कर्णाली । सुर्खेतको भेरीगंगा नगरपालिका स्थित रामघाटबाट काठसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ट्याक्टर चालक लेकबेसी नगरपालिका–७ स्थित २१ वर्षीय देव बहादुर घर्ती, ट्याक्टर साहु भेरीगंगा नगरपालिका–११ का ४६ वर्षीय कर्ण बहादुर घर्ती र बर्दिया जिल्ला बासगढीका ३० वर्षीय पुष्प आचार्य छन् ।

शनिवार राति करिब १२ बजेको समयमा अवैधरुपमा रामघाटतर्फ ल्याउँदै गरेको सालको चिरान ६५ थान (कडी) ५०.५५ क्युफिट काठ फेला परेको छ ।

ट्याक्टरसहित तीनै जना काठ तस्करीलाई आवश्यक कारबाहीको लागि सव वन डिभिजन कार्यालय छिन्चुबाट खटिएका रेन्जर भोज प्रसाद उपाध्यायलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रशासनलाई बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस