मोटरसाइकल चोरीका अभियुक्त पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल चोरीका अभियुक्त पक्राउ


२ फाल्गुन २०७७, आइतबार


पक्राउ

वागमती । मकवानपुर जिल्ला प्रहरी कार्यालयले चोरी भएको मोटरसाइकलमा संलग्न तीन जनालाई मोटरसाइकलसहित पक्राउ गरी आज कारबाही प्रक्रिया शुरु गरेको छ ।

हेटौडा उपमहानगरपालिका-१५ का शेरबहादुर पाख्रिनको वाग्मती प्रदेश ०३-००२ ५०५१६ नंको चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ । पक्राउ पर्नेमा सर्लाहीको वाग्मती गाउँपालिका–१२ का २० वर्षीय टेकबहादुर गोले, सर्लाही लालबन्दी नगरपालिका-१४ का २७ वर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका-८ बस्ने २० वर्षीय निकेश वाइवा पक्राउ परेको सो प्रहरी कार्यालयका प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

चोरीमा संलग्न रहेका सिन्धुली मरिण गाउँपालिकाका सुरज तामाङको खोजतलास जारी रहेको उनले भने । पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान प्रक्रिया शुरु भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस