२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्‍याली तथा कोणसभा गरेको हो ।

कोणसभामा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए । नेपाल महिला सङ्घकी महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।

भागरथी भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खबरदारी गर्ने सङ्घका महामन्त्री दिपक भट्टराईले जानकारी दिए । पद्ममकन्या क्याम्पसबाट शुरु भएको विरोध र्‍याली पुतलीसडक घुमेर पुन पद्ममकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस