२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमान्को हत्या, श्रीमतीको अवस्था गम्भीर

अ+ अ-

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् ।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक(एसपी) भीमप्रसाद दाहालले बताए । यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ । केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस