२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा ४ हजारले पाए रोजगारी

अ+ अ-

बैतडी । देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् ।

स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार २०० ले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए । उनले भने, ‘उक्त कार्यक्रमका लागि रु चार करोड ३३ लाख निकासा भएको छ ।’

जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७६२ छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको थियो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु तीन करोड ९६ लाख बजेट निकासा भएको छ ।

यस्तै मेलौली नगरपालिकामा आवेदन दिएका एक हजार २४ मध्ये २७१ छनोट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मेलौलीमा रु एक करोड ४४ लाख निकासा भएको छ । यस्तै दशरथचन्द नगरपालिकामा एक हजार ६८२ ले आवेदन दिएकामा ४०० ले रोजगारी पाउने भएका छन् । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि रु दुई करोड बजेट निकासा भएको छ ।

डिलाशैनी गाउँपालिकामा ३३४ ले रोजगारी पाउने भएका छन् । यसका लागि रु एक करोड ७२ लाख ६८ हजार निकासा भएको छ । यस्तै रु एक करोड ३९ लाख ५७ हजारको निकासा भएको दोगडाकेदार गाउँपालिकामा २७० ले रोजगारी पाउने भएका छन् । पञ्चेश्वर गाउँपालिकामा ५३८ प्रधानमन्त्री रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका छन् । सिगास गाउँपालिकामा ४५१ ले रोजगारी पाउने छन् । यहाँ रु दुई करोड १५ लाख ८६ हजार निकासा भएको छ । शिवनाथ गाउँपालिकामा ४२३ ले रोजगारी पाउने छन् भने रु दुई करोड १८ लाख बजेट निकासा भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही पालिकाले काम शुरु गरिसकेका छन् भने केही पालिकाले योजना छनोट गरिरहेको जनाइएको छ । कोरोना भाइरसका कारण रोजगार गुमाएर जीविकोपार्जनमा समस्या भएका नागरिकलाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिइएको स्थानीय तहहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस