प्रदेश १ प्रदेशसभा बैठकमा ओली पक्षको अवरोध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ प्रदेशसभा बैठकमा ओली पक्षको अवरोध


प्रशासन संवाददाता

२५ माघ २०७७, आइतबार


विराटनगर । प्रदेश १ को प्रदेशसभाको सातौ हिउँदे अधिवेशन आज (आइतबार) दिउसो बसेको बैठक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले अवरुद्ध गरेको छ ।

आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् ।

ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।

Tags :
प्रतिक्रिया दिनुहोस