काठमाडौँ । माघ २२ गते नेकपाको दाहाल-नेपाल समूहले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै ट्याक्सी चालक र व्यवसायीहरुले शनिबार काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरुले कुनै पनि बन्दको नाममा सार्वजनिक यातायातका साधानमाथि तोडफोड र आगजनी बन्द गर्न राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।
त्यसैैगरी गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई पनि तत्काल बन्द गराउन माग गरेका छन् ।
ट्याक्सी व्यवसायको क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ । ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट र्यालीसहित माइतिघर मण्डलामा भेला भएका थिए ।