२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फागुन मसान्तसम्ममा विद्युत् कटौती समस्या अन्त्य हुने

अ+ अ-

काठमाडौँ । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत् कटौती हुने समस्या आगामी फागुन मसान्तसम्ममा अन्त्य हुने प्राधिकरणले जनाएको छ ।

उद्योग सङ्गठन मोरङले आज आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो । प्राधिकरणका नवनियुक्त प्रदेश नं १ प्रमुख टेकनाथ तिवारीले सडक विस्तार, प्राधिकरणका आन्तरिक कार्य, आगामी गर्मी मौसमका लागि पुनःसञ्चालन विद्युत् आपूर्ति र सवस्टेशनमर्मत लगायतले अहिले दिउँसो समयमा विद्युत् कटौती भए पनि फागुनपछि निरन्तर रुपले उपभोक्तालाई विद्युत् आपूर्ति उपलब्ध गराउने विश्वास दिलाए ।

उनले उपभोक्तालाई गुणस्तरीय र निरन्तर विद्युत् आपूर्ति गर्न प्राधिकरण सचेत र प्रतिबद्ध रहेको बताउदै विद्युत सम्बन्धी कुनै समस्या देखिएमा कार्यालय तथा नो लाइटमा सम्पर्क गर्न अनुरोध गरे । उद्यमीको डिमान्ड शुल्क छुट सम्बन्धमा नेपाल सरकारको नीतिअनुसार कार्य भइरहेको जानकारी दिँदै उद्योगको ट्रान्सफर टेस्टिङको जिम्मा प्राधिकरणको प्रदेश कार्यालय लिने बताए ।

विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गोहिवार, इटहरी वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार साह र दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले ट्रिपिङ, भोल्जेट लगायतका अन्य समस्या चाँडै समस्या समाधान गर्ने बताउँदै प्राधिकरणले नयाँ प्रविधिको प्रयोगको समस्या समाधानमा सहयोग पुग्नुका साथै गुणस्तरीय सेवा प्रवाह गरी आगामी चैतको पहिलो सातादेखि विद्युत् कटौती समस्या अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगका विद्युत सम्बन्धी समस्या राख्नुका साथै विद्युत कटौती पूर्वजानकारी दिएमा निर्माण व्यवसायीको नोक्सानी कम गर्न सकिने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस