आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगे दाहाल-नेपाल समुह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगे दाहाल-नेपाल समुह


२० माघ २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड(माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै दाहाल-नेपाल  समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको दाहाल-नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।

गत पुस ५ गते प्रधानमनत्री ओलीको सिफारीसमा राष्ट्रपति विदादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै बैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषण गरेकी छन् ।

संसद विघटन पश्चात दुई समुहमा बिभाजित नेकपा ओली समुह र दाहाल नेपाल समुह आ९आफ्नो नेतृत्वको पार्टी आधिकारीक भएको दावि गर्दै आएका छन् । निर्वाचन आयोगले भने दवै समुहो पाटी संविधान संवत र विधिवत रुपमा विभाजन नभएको भन्दै दुवै समुहलाई आधिकारी नभएको र पुरानै नेकपा आधिकारीक भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस