कमल पोखरी विस्तारका क्रममा भत्काइए संरचना « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कमल पोखरी विस्तारका क्रममा भत्काइए संरचना


१९ माघ २०७७, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमल पोखरी विस्तार योजनाअनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ ।

भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमल पोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग रहेका छन् । कामपाले आइतबार साँझ डोजर लगाएर ती भवन भत्काएको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौँ।

उनले चर्चा गरे जस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग गर्ने योजना नरहेको पनि दाबी गने । कङ्क्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन बैद्यलगायत पनि कमलपोखरी पुगेका थिए । उनीहरुले ती संरचनाबिना जानकारी भत्काएको जनाउँदै अवरोध गर्न खोजेका थिए ।

कामपाले करीब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल गत २०७६ असारबाट शुरुआत गरेको हो । यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरी सिँढी बनाउने काम जारी राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस