नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठक दिउँसो १ बजे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठक दिउँसो १ बजे


१९ माघ २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) दाहाल-नेपाल समुहको केन्द्रीय समितिको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी, संगठनसम्बन्धी विषय र जारी आन्दोलनबारे छलफल गर्ने तयारी छ। प्रतिनिधि सभाको विघटनविरुद्ध दाहाल-नेपाल समुह आन्दोलनरत छ भने विभाजित दुवै पक्षले निर्वाचन आयोगमा पार्टीको नाम र चुनाव चिह्न सूर्यमा दाबी गरेका छन्।

अहिले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा र दाहाल-नेपाल समुहले जुन प्रक्रियाबाट पार्टी र चुनाव चिह्न दाबी गरेका छन् आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेको छ। आयोगले गत साता नेकपाको अहिलेको अवस्थामा कुनै हेरफेर गर्न नमिल्ने र ओली र प्रचण्ड नै पार्टी अध्यक्ष कायम रहेको जवाफ दिएपछि नेकपा विभाजनले कानुनी मान्यता पाएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस