२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि हुँदा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५०.२० अङ्कको वृद्धि भई दुई हजार ४२४.८४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४७ ले वृद्धि भई ४५२.०६ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर रु नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० मा कारोबार भयो ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ६६ अर्ब २३ करोड १७ लाख ५० हजार पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । नेप्से र बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लाग्यो । सो उपसमूहको शेयर ७३.३५ ले ओरालो लाग्दा बैंकिङ २१.३६, होटल २४.५१, विकास बैंक २०.८१, जलविद्युत् ५१.१३, वित्त १४.१५, निर्जीवन बीमा २२१.६१, उत्पादन ५१.५६, अन्य १०४.७५, लघुवित्त १०२.५३, जीवन बीमा १६५.६८ र सामूूहिक लगानी कोष ०.०५ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६६ करोड ८२ लाख ७३ हजार १९५ बराबरको कारोबार भयो । यस्तै, नेपाल पुनरबीमा कम्पनी र ३४ करोड ७९ लाख ५१ हजार ४९२, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड ८९ लाख ४१ हजार ७२०, नेशनल लाइफ इन्स्योरेन्स रु २४ करोड २८ लाख १७ हजार २१९, प्राइम बैंक रु २३ करोड पाँच लाख ९७ हजार १३६, नेको इन्स्योरेन्स रु २२ करोड १४ लाख ९४ हजार ८५१, एनआइसि एशिया बैंक रु २० करोड ८२ लाख छ हजार ३२३ र प्रभु बैंक रु २० करोड ६८ लाख २० हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोबार भएका कूल कम्पनी मध्ये ११९ कम्पनीको शेयर उकालो लागेको छ भने ४६ कम्पनीका शेयर मूल्य ओरालो लागेको छ । यस्तै, १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । नेप्सेका अनुसार गरिमा विकास लघुवित्त १०, मिथिला लघुवित्त १०, पोखरा फाइनान्स १०, गुराँस लाइफ इन्स्योरेन्स १०, गुराँस लघुवित्त ९.९९, नागरिक लगानी कोष ९.९८, एनसिसी बैंक ९.९७, सर्पोट माइक्रोफाइनान्स ९.९५, रिडी हाइड्रोपावर ९.९४ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए ।

नारायणी डेभलपमेन्ट बैंक ९.९१, एनआइबिएल प्रगति फण्ड ४.९९, सामुदायिक लघुवित्त ३.७९, सप्तकोशी डेभलपमेन्ट बैंक ३.६५, प्रिमियर इन्स्योरेन्स ३.४२, जानकी फाइनान्स ३.०१, एनआइसि एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले २.९९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस