२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा विघटन मुद्दा : वकिललाई बहसको समय तोकियो

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले गरेका छन्।

इजलासले ज्ञवालीलाई बहसका लागि ३० मिनेटको समय तोकिदिएको छ। यसअघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन। एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकेका थिएनन्।

‘आजदेखि हामीले समय निर्धारण गरेका छौँ, समयभित्रै रहेर बहस गर्नुहोला तपाईंको लागि आधा घन्टा समय छ, बहस सुरू गर्नुहोस्’, ज्ञवालीले बहस गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने।

सबै वकिललाई यति नै समय दिइन्छ कि फरक(फरक हुन्छ भन्नेबारे उनले खुलाएनन्। रिट निवेदकका तर्फबाट साढे ३ सय वकिलले बहसका लागि निवेदन दिएका छन्। यति धेरै जनाले लामो-लामो बहस गर्दा धेरै समय लाग्ने भन्दै इजलासले समय तोकेको हो।

संवैधानिक इजलासमा आइतबारदेखि प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस