देशभर थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि, ३७४ जना संक्रमणमुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशभर थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि, ३७४ जना संक्रमणमुक्त


५ माघ २०७७, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ४ हजार ३०६ नमुना पीसीआर परीक्षण भएकोमा ३२२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस