नेपाल विद्युत प्राधिकरणका कर्मचारी आलेविरुद्ध भ्रष्टाचार मुद्धा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल विद्युत प्राधिकरणका कर्मचारी आलेविरुद्ध भ्रष्टाचार मुद्धा


५ माघ २०७७, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशाखामा कार्यरत कर्मचारी (तह–४) कृष्ण आलेविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

सेवाग्राहीको काम गरिदिए वापत गैरकानूनी रुपमा अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज आलेलाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेकको अतिरिक्त रकम पाँच हजार रकम घुस माग गरी लिएको पाइएको छ ।

निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले निज कृष्ण आलेलाई बिगो पाँच हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस