पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त


४ माघ २०७७, आइतबार


काठमाडौँ । उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् ।

यसअघि दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । अब मन्त्री सरहको सेवा सुविधा पाउने गरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् ।

गत संसदीय चुनावबाट एमालेले उनलाई समानुपातिक सांसद बनाएको थियो । त्यसपछि भने २०७५ मङ्सिरमा उनले उद्योग मन्त्रालयमा राज्यमन्त्रीका रूपमा प्रवेश पाएका थिए ।

उद्योग राज्यमन्त्री हुँदा गरेको कामको मुल्यांकन गर्दै उनलाई सल्लाहकारमा नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस