२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिनेको भीड

अ+ अ-

झापा । जिल्ला प्रशासन कार्यालय झापामा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको दैनिक भीड हुने गरेको छ ।

भीड बढेसँगै काममा ढिलासुस्ती हुँदा सेवाग्राही आक्रोशितसमेत हुने गरेका छन् । गाउँगाउँमै परिचयपत्रको विवरण सङ्कलन गर्न टोली गएपछि अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुले नागरिकता आद्यावधिक गर्ने, प्रतिलिपि निकाल्ने र नयाँ नागरिकता बनाउनेको समेत चाप बढेको कारण भीड बढेको हो ।

दैनिक सात सयदेखि आठ सय जनालाई नागरिकताको प्रतिलिपि र नयाँ नागरिकता पनि सोहीको हाराहारीमा वितरण भइरहेका कारण भीडभाड बढेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शाहीले बताए । उनका अनुसार वंशजका आधारमा चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा छ हजार ३३७ जनाले नयाँ नागरिकता, वैवाहिक अङ्गीकृत लिने ५१ र प्रतिलिपि लिनेमा चार हजार ६६२ जना रहेका छन् ।

उनले अन्य जिल्लाबाट बसाइँ सरी आएकाहरुले अनिवार्य जिप्रका झापामा नागरिकता आद्यावधिक गराउनुपर्ने र कतिपयको नागरिकता पुरानो र नबुझिने हुँदा प्रतिलिपि लिनुपर्ने भएको कारण कार्यालयमा भीड बढ्नु र ढिलो हुनु स्वाभाविक भएको बताए । ‘परिचयपत्रका लागि नागरिकता अनिवार्य छ’, सहायक प्रजिअ शाहीले भने, ‘तीन महिनासम्म कोडिभ–१९ का कारण प्रतिलिपि र नयाँ नागरिकता वितरण गर्न सकिएन । जसका कारण असर अहिले परेको छ । सकेसम्म व्यवस्थित र चाँडो दिने वातावरण बनाउन पहल गरिरहेका छौँ ।’ जिल्लामा परिचयपत्रको विवरण सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

अन्य जिल्लामा बनाएको नागरिकताको विवरण मगाउनु पर्ने, अभिलेखीकरण धेरै पुरानो हुँदा खोज्न समय लाग्ने हुँदा प्रतिलिपि वितरणमा केही ढिलो हुने गरेको उनको भनाइ छ । उनले एकजना व्यक्तिको नागरिकता बनाउन या प्रतिलिपि लिनका चारजनाभन्दा बढी व्यक्ति आउने हुँदा पनि प्रशासनमा भीड बढेको बताए ।