आन्दोलनका लागि तयार रहन नेपालको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आन्दोलनका लागि तयार रहन नेपालको आग्रह


२६ पुस २०७७, आइतबार


धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन् ।

जनकपुरधाममा नेकपा दाहाल-नेपाल समूहले आज आयोजना गरेको नेता-कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखे ।

उनले भने, ‘बहुमत हाम्रो पक्षमा रहेको छ ।’ अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस