शनिबार काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

शनिबार काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने


२४ पुस २०७७, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

चक्रपथ बिस्तारका लागि ढुङ्गेधारा, गोलढुङ्गा, स्वयम्भु फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् आपूर्तिक बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको बालाजु बितरण केन्द्रले एक सूचना जारी गर्दै नागार्जुन र तारकेश्वर नगरपालिकाका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

प्राधिकरणका अनुसार शनिबार ढुङ्गेधारा, बनस्थली, चमती, रानिवन, भृकुटी टोल, नेपालटार, गोलढुङ्गा, तीनपिप्ले, ओशो तपोवन, धादिङको छत्रेदेउराली, स्वयम्भू, सानोभर्‍याङ, ठूलोभर्‍याङ, इचङ्गुनारायण, कारखाना चोक लगायतका स्थानमा विद्युतु आपूर्ति बन्द हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस