कास्कीमा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कास्कीमा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु


२३ पुस २०७७, बिहिबार


काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन कार्य शुरु भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले बुधबार विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटरलगायतका आवश्यक उपकरण राखेर काम शुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचयपत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार हिजो पोखरा महानगर नगरपालिका– ४ का वडाध्यक्ष शङ्करप्रसाद बास्तोलाको तथ्याङ्क सङ्कलन गरेर शुभारम्भ भएको हो । वडाध्यक्ष बास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्र प्राप्त गर्नसक्ने जानकारी दिए ।

जनतालाई प्रदान गर्ने सेवासुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्याङ्क सङ्कलन शुरु गरिएको हो । पहिलो चरणमा ५ वटा वडादेखि शुरु गरिएको र आइतबारदेखि वडा नं ६ देखि दोस्रो चरण शुरु हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस