५ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

५ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ


२२ पुस २०७७, बुधबार


पक्राउ

सुर्खेत । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन् । नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् ।

स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका सुचना गरेलगत्तै खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको थियो । पक्राउ परेका ती पुरुषलाई अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस