अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ : पौडेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ : पौडेल


२१ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको गल्ती सर्वोच्च अदालतले सच्याउनुपर्ने बताएका छन् ।

संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘आफूले पाउँदै नपाएको अधिकार पाएको भन्दै केपी शर्मा ओलीले प्रयोग गर्नुभयो । यसले देशमा अनर्थ भयो ।’ उनले अघि भने, ‘यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।’

राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरिएको पौडेलको भनाइ छ। ‘अब न्यायलय र न्यायमुर्तिहरूबाट संसद पुनर्स्थापना हुन्छ भने आशा छ,’ उनले भने, ‘संविधानको अक्षर र भावना ध्यान दिएर फैसला हुनुपर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस