२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित, सेवाग्राही समस्यामा

अ+ अ-

काठमाडौँ। चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाका लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् ।

यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दश महिनापछि यही पुस १९ गतेबाट बाग्मती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरेको थियो ।

विभागका महानिर्देशक गगन हमाल र प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्कर अलिलाई अनलाइन फारम भर्न सहज वातावरण मिलाउनुपर्ने माग गर्दै सोमबार यातायात विज्ञ देवेन्द्र प्रधान र ज्ञानेन्द्र शाहीले ध्यानाकर्षण गराएका छन् । चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालकसमेत रहेका प्रधानले चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका बताए । उनले भने ‘बल्ल बल्ल दश महिनामा प्रयोगात्मक परीक्षा खुला भयो । लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या र झन्झटिलो भयो । यसलाई सहज बनाउन जरुरी छ । तत्काल यातायात व्यवस्था विभागले ध्यान दिनुपर्छ ।’

यातायात व्यवस्था विभाग अन्तर्गत ठूलो भ¥याङ कार्यालयले हाल दैनिक साना ठूला गरी तीनसय जनाले मात्र अनलाइन फारम भर्ने व्यवस्था मिलाएको जनाइएको छ । अनलाइन फरम सीमित गरिँदा सेवाग्राही समस्यामा परेको विज्ञ प्रधानले बताए । कार्यालयले अनुमतिपत्रका लागि लिखित परीक्षा पास गरी प्रयोगात्मक परीक्षाका लागि बाँकी रहेका ८१५ जनालाई प्रयोगात्मक परीक्षाको व्यवस्था मिलाएको छ ।

यसका लागि सो भेहिकल एकेडेमीले परीक्षा सञ्चालन गरिहेको छ । नेपालको सबैभन्दा ठूलो र सुबिधासम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुबिधा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए । उनका अनुसार प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।

सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीति अनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङग्रे, चारपाङग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिए।

यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङ्का प्रमुख सञ्जय थापाले चालक अनुमति पत्र लिन अनलाइन फारामलाई व्यवस्थित गरिने जानकारी दिए । उनले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरको अवलोकन गर्दै कोरोनाका कारण लिखित परीक्षा पास भएका प्रयोगात्मक परीक्षा बाँकी रहेकाको एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस