सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक बडापत्र « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक बडापत्र


२१ पुस २०७७, मंगलबार


दमौली । दमौलीको बन्दीपुर गाउँपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे जनतालाई सहज रुपमा जानकारी दिने उद्देश्यले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनताको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले बडापत्रलाई डिजिटल बनाइएको जानकारी दिए ।

डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधालगायत विविध विषय समेटिएको छ । गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले डिजिटल नागरिक बडापत्रले जनतालाई सहज हुने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले डिजिटल नागरिक बडापत्रबाट सेवाग्राहीले सेवा प्रवाह सम्बन्धमा जानकारी प्राप्त गर्नुका साथै गुनासोसमेत राख्न सक्ने बताए । प्रत्येक वडा कार्यालयबाट प्रवाह गरिने सेवा, गाउँपालिका तथा वडाका कर्मचारीको विवरण पनि समेटिएको छ । ‘गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नागरिक बडापत्रलाई डिजिटल बनाइएको हो,’ अधिकृत सुवेदीले भने।

Tags :
प्रतिक्रिया दिनुहोस