प्रचण्ड-माधव समूहद्वारा प्रमुख सचेतकबाट राजभण्डारीलाई हटाउँदै राईलाई जिम्मेवारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रचण्ड-माधव समूहद्वारा प्रमुख सचेतकबाट राजभण्डारीलाई हटाउँदै राईलाई जिम्मेवारी


१९ पुस २०७७, आइतबार


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई संसदीय दलको नेताबाट हटाएको छ ।

आइतबार बसेको प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले प्रमुख सचेतक राजभण्डारीलाई हटाउने निर्णय गरेको हो । राजभण्डारी ओली समूहका नेता हुन् ।

४० जना प्रदेशसभा सदस्यको उपस्थितमा बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएर सम्पूर्ण कामको जिम्मेवारी सचेतक सौभाग्यवी राईलाई दिइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस