विघटित संसद बौरिँदैन, भ्रममा नपर्नुस् चुनाव हुन्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विघटित संसद बौरिँदैन, भ्रममा नपर्नुस् चुनाव हुन्छ : प्रधानमन्त्री ओली


१९ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनाव तोकिएको समयमा हुने दाबी गरेका छन् ।

आइतबार अनेरास्ववियू (ओली समुह) ले राजधानीको कार्की ब्याङ्वेटमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरे ।

संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको भन्दै उनले भने, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र ?’

उनले अघि भने, संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छहुन्छ ।’

कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिजाउन खोजेको उनले दाबी गरे । त्यस्ता भ्रममा नपर्न आग्रह गर्दै उनले भने, चुनाव वैशाख १७ र २७ गते हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस