काठमाडौँ। कीर्तिपुर मोडल अस्पतालमा तोडफोड गर्ने १७ जना पक्राउ परेका छन् ।
धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका थिए ।
अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको परिवारलाई जानकारी गराइएको बताएको छ ।
तोडफोडमा संलग्नलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।
अस्पताल प्रशासन र परिवारबीच छलफल चलिरहेको काठमाडौँ प्रहरी परिसर, टेकुले जानकारी दिएको छ ।