नाइजरमा स्लामिक स्टेटको आक्रमणमा ७९ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नाइजरमा स्लामिक स्टेटको आक्रमणमा ७९ जनाको मृत्यु


१९ पुस २०७७, आइतबार


काठमाडौँ। पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ । मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको हो ।

चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएका हुन् । चोमोबांगोउ गाउँमा सन् २०१७ देखि संकटकाल लगाइएको छ । हालका केही महिनामा यस गाउँमा छिमेकी देश मालीबाट आएका संदिग्ध जेहादीहरुले आक्रमण गर्दै आएका छन् ।

नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित चरमपन्थी समूहले पनि धेरै पटक आक्रमण गरिसकेका छन् । गत वर्ष भएको आक्रमणमा सयौँ व्यक्ति मारिएका थिए ।

यस्तै छिमेकी देश नाइजेरियामा सक्रिय बोको हरामले गत महिना दक्षिण पूर्वमा पर्ने दिफा इलाकामा २७ जनाको हत्या गरेको थियो । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस