२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा ल्याइसक्यौँ : मन्त्री भट्ट

अ+ अ-

ललितपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा अघि बढाइसकेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ‘४१ औँ साधारणसभा उद्घाटन’ का क्रममा शुक्रवार उनले विश्वका मुलुकहरु औद्योगिक क्रान्तिमार्फत विकास भइरहेका बताए ।

उनले भने,‘हामीले प्रकृतिले दिएका स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न अझै सकेका छैनौँ । मुलुकमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सही तरिकाले काम गर्न आग्रह गर्दछु । यदि कुनै व्यवसायीले गल्ती गरेमा त्यसलाई कानूनी कारवाहीको दायरामा पनि ल्याउनेछौँ ।’ मुलुकलाई आर्थिक समृद्धि तिर अघि बढाउन उत्पादनलाई गुणस्तरीय बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कोेभिडले लथालिङ्ग बनाएको अर्थतन्त्र जोगाउन सरकारले व्यवसायीलाई राहतको कार्यक्रम घोषणा गर्नुपर्ने औँल्याए ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले कोभिड अगाडिको व्यापार व्यवसाय पूर्ववत् पुनः फर्काउन जरुरी भएको हुँदा राम्राराम्रा कार्यक्रम ल्याउनुपर्ने मत व्यक्त गरे । उनले भने, ‘हालको आर्थिक गतिविधि सुस्त भएको हुँदा उत्पादनलाई विश्व बजार समक्ष प्रतिस्पर्धी बनाउँदै लानुपर्ने भएको छ ।’ ललितपुरमा रहेका छ पालिकामध्ये दक्षिण ललितपुरका तीन गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ठूलो रकम आवश्यक भएको उनले जानकारी गराए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष भरतलाल प्रधानले मुलुकको अर्थतन्त्र बढाउन पुरातन सोचलाई अन्त्य गरी वैज्ञानिक ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता भएको भनाइ राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण धरासायी भएका व्यवसायीलाई महानगरपालिकाभित्र तिर्नुपर्ने करमा १० प्रतिशत छुट दिएको बताए । उनले भने, ‘ललितपुर विश्वको ३५औँ कला नगरीमा घोषणा भइसकेकाले यहाँका व्यवसायी आ–आफ्नो कामबाट पलायन नहुन् भनेर चालु आर्थिक वर्षमा कोभिड कोषको पैसा यसको बचावटमा छुट्याइसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस