कङ्गोमा २५ सर्वसाधारणको हत्या « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कङ्गोमा २५ सर्वसाधारणको हत्या


एजेन्सी

१८ पुस २०७७, शनिबार


बेनी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् ।

‘सर्वसाधारण मानिसहरु नयाँ बर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरेर हत्या गरेको हो,’ एक अधिकारकर्मीले भने । कंगोमा सन् १९९० को दशकदेखि युगाण्डा मुस्लीम विद्रोही समूहको रुपमा क्रियाशिल रहेको छ । यीनीहरुको विद्रोहका कारण सयौँको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस