२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रपति संस्थामाथिको अपमान खेदजनक छ’

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुर्याउने गरी सडकमा नाराबाजी भएकामा आपत्ति जनाएका छन् । सिंहदरबारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानून र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने प्रयास भएको जनाउँदै राजनीतिक दल र समूहलाई जिम्मेवाररुपमा प्रस्तुत हुन अनुरोध गरे।

राजनीतिक दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताउँदै सरकारका प्रवक्ता गुरुङले भने, ‘विनाराजनीतिक एजेन्डा राजनीतिक दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्, तिनीहरुले निर्वाचन भएरै छाड्छ भन्ने मनोविज्ञान जनतालाई दिन नै आन्दोलन गरिरहेका हुन् ।’

मुलुक निर्वाचनमा गइसकेको जनाउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समुदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गरे । उनले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिए ।

सरकारका प्रवक्ता गुरुङले सरकारले संविधानअनुसार पूर्णअधिकारसहितको कार्य गरिरहेकाले कर्मचारी तथा कुनै पनि वर्ग, समुदायलाई सरकारको कामकारवाहीप्रति भ्रममा नपर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस