राष्ट्रिय सभाको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभाको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस हुँदै


१६ पुस २०७७, बिहिबार


काठमाडौँ। राष्ट्रिय सभाको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस हुने भएको छ ।

राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले शुक्रवार दिउँसो ४ बजे बस्ने राष्ट्रिय सभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो ।

बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रिय सभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । यस्तै राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरूको गठन सम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेस हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७७, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)(पहिलो संशोधन) अध्यादेश २०७७ पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस