टेकु पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका प्रतिनिधिसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टेकु पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका प्रतिनिधिसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१६ पुस २०७७, बिहिबार


काठमाडौँ । काठमाडौँको टेकु पुल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीे, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोजनाका तत्कालीन लेखा अधिकृत नारायणबहादुर थापा, लेखापाल गिरीप्रसाद श्रेष्ठ र लेखा अधिकृत श्याम बहादुर खत्रीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

टेकुको पुल चिनियाँ कम्पनी झोङ्दिङ इन्टरनेशल इन्जिनियरिङ कम्पनीसँगको जेभीमा पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । तर, स्वीकृत डिजाइन तथा स्पेशिफिकेशन बमोजिम निर्माण नगरेकोबारे आयोगले अनुसन्धान गरेको थियो ।

उनीहरुविरुद्ध १ करोड १४ लाख ७६ हजार बिगो तथा बिगो बमोजिमको जरिवानासमेत असुलउपर र आठदेखि १० वर्ष कैद सजाय गरिनुपर्ने अख्तियारले माग गरेको छ ।

अख्तियारले छानविन थालेपछि टेकुमा निर्माणाधिन सो पुल अलपत्र छ । ठेकेदारसँग मिलेर सरकारी कर्मचारीले समयमा काम नहुँदा पनि तेस्रो पटकसम्म म्याद थप सिफारिस गरेर धरौटी रकम फुकुवा गराउँदा सरकारलाई हानी–नोक्सानी हुन गएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस