आगामी तीन दिनको मौसम : पहाडी भूभागमा आंशिक बदली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आगामी तीन दिनको मौसम : पहाडी भूभागमा आंशिक बदली


१६ पुस २०७७, बिहिबार


काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा समान्यतया मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुासार आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै राति प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १७ गते (शुक्रबार) दिउँसोः प्रदेश १ र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी पौष १८ गते (शनिबार) दिउँसो लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

शनिवार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस