ओली गफाडी हुन्, मरिचमानले जतिपनि काम गरेनन् : झलनाथ खनाल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

ओली गफाडी हुन्, मरिचमानले जतिपनि काम गरेनन् : झलनाथ खनाल


१४ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समुहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भनेका छन् ।

आज प्रतिनिधिसभा विघटनको विरुद्धमा दाहाल-नेपाल समहुले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै ओलीले संविधानमाथि बलात्कार गरेको आरोप समेत लगाए ।

उनले भने ‘केपी ओली जस्तो तानाशाहका कारण आन्दोलनमा आउन वाध्य भयौँ,’ पूर्व प्रधानमन्त्री खनालले भने,‘उनले संविधानमाथि जर्बजस्त बलात्कार गरेका छन् ।’ ओलीले संविधानमाथि प्रहार गरेकाले आन्दोलनमार्फत ठिक ठाउँमा ल्याउने उनले बताए । ओलीले सनक र लहडका आधारमा संसदको बिघटन गरेको आरोप लगाए ।

ओलीले देशमा तीन वर्षमा कुनै कार्य नगरेको तर्क गर्दै उनले भने ,‘केपी आलीले मरिचमान सिंह र नगेन्द्रप्रसाद रिजालले जति पनि काम गरेनन् ।’उखान र टुक्काले देश नचल्ने बताउँदै ओलीले गफमै आफूलाई सिमित पारेको आरोप लगाए ।

उनले संविधान ठिक ठाउँमा नआएसम्म आन्दोलन नरोकिने बताए । उनले भने,‘आन्दोलनका आँधीबेहरी ल्याएर संविधानलाई ठिक ठाउँमा ल्याउँछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस