तीन साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति पछि आन्दोलन स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति पछि आन्दोलन स्थगित


१३ पुस २०७७, सोमबार


काठमाडौँ । उखु किसान र सरकारबिच चार बुँदे समझदारी भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको हो ।

किसान प्रतिनिधिसँग भएको समझदारी पछि माइतीघरमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएको मन्त्रालयले जनाएको छ ।

वार्तामा उखुको अनुदान रकम र भुक्तानी गर्नुपर्ने रकम फरक परेकालगायत विभिन्न विषय तथा समस्या समाधानका लागि एक अध्ययन समिति गठन गरिएको छ । सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयका प्रतिनिधि रहनेछन् ।

किसानले विभिन्न उद्योगबाट रु ९२ करोड बक्यौता रकम लिन बाँकी रहेको बताउँदै आएका छन् भने उद्योग मन्त्रालयको तथ्याङ्कमा रु ६५ करोड मात्र बाँकी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस