२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख श्रीवास्तवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्का समयमा सम्पन्न गर्न नसकेको भन्ने उजुरी निवेदन उपर अनुसन्धान हुँदा नीजले गैरकानूनी लाभ तथा हानी गरेको सम्बन्धी आरोपमा तीन करोड ६५ लाख नौ हजार चार सय ५६ रुपैयाँ ३४ पैसा विगो कायम गरी मुुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

नीजले आयोजनाको स्टड निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण गरी स्पेशिफिकेशन बमोजिमको गुणस्तर यकिन गरेर मात्र ग्यावियन तार प्रयोग गराउनुपर्नेमा प्रथम रनिङ्ग बिलदेखि सातौं रनिङ बिलसम्मका सातवटा बिलहरुको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी स्टड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको भनी इन्जिनियर पाण्डव प्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बील स्वीकृत गरी भुक्तानी गराएको हुँदा निजहरुमाथि अनुसन्धान भइरहेको छ ।

निर्धारित शर्त र सम्झौताविपरीत कम गुणस्तरको स्टड निर्माण गरी कम गुणस्तरको ग्यावियन तारबाट निर्मित स्टडहरुलाई गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्तीरमैनाचुली जे।भी। का मुख्य पार्टनर महादेव खिम्ती निर्माण सेवा प्रा।लि। का मेनेजिङ्ग डाइरेक्टर रवि सिंह र महादेव खिम्तीरमैनाचुली जे।भी। का साझेदार मैनाचुली निर्माण सेवा प्रा।लि।का मेनेजिङ्ग डाइरेक्टर मदन कुमार अधिकारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम कसुर गरेको प्रमाणित हुन गएको छ ।

साथै, महादेव खिम्तीरमैनाचुली जे।भी।का आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) ले खिम्तीरमैनाचुली जे।भी। का तर्फबाट तयार भएको बिलबमोजिमको रकम बुझ्ने गरेको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस